भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले महाराजगञ्ज आफू निकटका नेतासँग छलफल चलिरहेको छ ।
२०८२ पौष २७, आइतबार ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले महाराजगञ्ज आफू निकटका नेतासँग छलफल चलिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । संस्थापनको रणनीति तयार गर्न देउवाले नेताहरूलाई डाकेको बताइएको छ । विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन-विश्वलाई नेता-कार्यकर्ताको अपार समर्थन देखिएको छ । अहिलेसम्म ५० प्रतिशतको हस्ताक्षर पुगिसकेको र अझै लाइनमा रहेको नेताहरूको दाबी छ । उक्त छलफलमा रमेश लेखक, पूर्णबहादुर खड्का, विमलन्द्र निधि लगाएतका नेताहरु रहेका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले महाराजगञ्ज आफू निकटका नेतासँग छलफल चलिरहेको छ ।
1 Min Read


