रास्वपासँगको सहमति भंग, कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष ।
२०८२ पौष २६, शनिबार ।
उज्यालो नेपाल पार्टी रास्वपासँग भएको सहमति भंग भएको घोषणा गरेको छ। केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराएको हो। बैठकले अध्यक्ष कुलमान घिसिङलाई अध्यक्ष नियुक्ति गरेको थियो। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्।
उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। रास्वपासँगको एकता भाँडिएपछि कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका छन्। उज्यालो नेपालका उपाध्यक्षसहित तीन नेता भने रास्वपामै समाहित भएका छन्।


