निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो एक लाख ३३ हजार ९८० आवश्यक ।
२०८२ पौष २४, बिहिबार ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज बिहीवार गोरखापत्र राष्ट्रिय दैनिकमा पत्रिकामा एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले २०८२ पुस २५ गतेदेखि माघ एक गतेसम्म तोकिएका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसरहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। अरु विस्तृत विवरण तल दिइएको सूचनामा हेर्नुहोला


