रबि, बालेन र कुलमान घिसिङ बिच सहमती,कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने ।
२०८२ पौष १४, सोमबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ। कुलमान घिसिङलाई उपसभापति बनाउने गरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदै छ । स्रोतका अनुसार, घिसिङलाई पार्टीको उपसभापति बनाउने गरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ । पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटक पटक छलफल भएको थियो । सोमबार काठमाडौँमा उनीहरूबीच पुनः भएको छलफलमा सहमति जुटेको हो ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए । ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे’, उनको दाबी छ । तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन्।


