राष्ट्रिय सभा निर्वाचनका मतदाता २०४३ र मतभारको विवरण .
२०८२ पौष ०९, बुधबार ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ । फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९ जना सदस्यको रिक्त पदका लागि यो निर्वाचन हुन लागेको हो । आयोगका अनुसार सातै प्रदेशबाट जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५ सय ४५ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख र उपाध्यक्ष तथा उपप्रमुख र उपाध्यक्ष रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ कायम गरिएको छ ।




