राष्ट्रपतिसहित तीन दल र प्रधानमन्त्रीबिचको छलफल सकारात्मक ।
२०८२ पौष ०८, मंगलबार ।
आज मंगलबार राष्ट्रपति सहित बसेको बैठकमा भएको छलफल सकारात्मक भएको । तीन प्रमुख राजनीतिक दल र प्रधानमन्त्रीबिच चुनावको वातावरण बनाउन पुनः छलफल हुने भएको छ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न मंगलबार राष्ट्रपतिसहित बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि पुनः बैठक बस्ने भएको छ ।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । यद्यपि, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गरेका थिए । प्रचण्डले राष्ट्रपतिले गर्न सक्ने विकल्प यति नै भएकाले अब निर्वाचनमा जानु नै सही हुने धारणा राखेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउँदै सबै दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गरेकी थिइन् ।
राष्ट्रपतिसहित तीन दल र प्रधानमन्त्रीबिचको छलफल सकारात्मक ।
1 Min Read


