एमालेमा नयाँ नेतृत्वका लागी भोली बेलुकासम्म कुर्नुपर्ने, मतदान कछुवा गतिमा साँझ ८ बजेसम्मः १०७५ भोट खस्यो ।
२०८२ पौष ०२, बुधबार ।
एमालेको ११औँ महाधिवेशनमा निर्वाचन जारी छ, प्रतिनिधिहरूले मतदान गर्दैछन्।
एमालेमा नयाँ नेतृत्वका लागी भोली बेलुकासम्म कुर्नुपर्ने, मतदान कछुवा गतिमा साँझ ८ बजेसम्मः १०७५ भोट खस्यो । आज बुधबार बिहान ९ बजे देखि शुरुभएको एमालेको ११ औं अधिवेशनमा नयाँ नेतृत्व छान्नकालागी प्रतिनिधिहरुले चिसो मौसममा पनि मतदानका लागि लाईनमा बसी भोट राखिरहनु भएको छ । लगभग प्रतिघन्टा सय जना हाराहारीले प्रतिनिधिले भोट हालिरहेका छन । मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो। मतदान छिटोमा भोली बिहान ८ बजेसम्म सकिने सम्भावना छ ।
मतदान ढिलाइ हुनुमा मुख्य निम्न कारणहरु छन ः
१. नेकपा एमालेले अन्तिम समय विधान संशोधन गरेर केन्द्रीय समिति र पदाधिकारी बढाएका कारण मतदानका लागि लाग्ने
एमालेले भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ मा झारेको थियो। अहिले बढाएर १९ पुर्याएको छ। केन्द्रीय कमिटी संख्या पनि २५१ बाट बढाएर ३०१ पुर्याइएको छ।
विधान संशोधनपछि भोटिङ मेसिनमा पहिले गरिएको सेटिङ परिवर्तन गर्नुपर्ने भएकोले मतदान व्यवस्थापनका लागि सबै पदमा उम्मेदवारको नाम र फोटो इन्ट्री गर्न समय लाग्यो। अहिले महाधिवेशन प्रतिनिधिहरूले प्रतिव्यक्ति ३५ देखि ४० मिनेटका दरमा भोट हालिरहेका छन्, उनले भने।
२, महाधिवेशन प्रतिनिधिहरूले अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलको छुट्टाछुट्टै प्यानल अनुसार नामसूची बोकेर मतदान गरिरहेका छन्। मतदानअघि उनीहरूले प्यानलको सूचीमा रहेको क्रमसंख्यासँग भोट रूजु गरिरहेका छन्। कतिपयले कुनै खास पदका लागि अर्को प्यानलका उम्मेदवारलाई पनि मत दिने हुँदा दुवै सूची हेर्नुपर्ने अवस्था छ। यसले पनि सोचेभन्दा बढी समय लागिरहेको मतदान व्यवस्थापमा खटिएको एमाले निर्वाचन आयोगका एक प्रतिनिधिले बताए।
३. महाधिवेशन प्रतिनिधिहरूले यसपालि सबैलाई अनिवार्य मतदान गर्नुपर्नेछ।
विगतमा केन्द्रीय सदस्यमा उठेकामध्ये १५-२० जनालाई भोट हालेर बाँकी खाली छाड्न सकिन्थ्यो। अहिले सबैलाई मत दिनुपर्ने व्यवस्था छ। एउटा समूहमा जति जनालाई भोट हाल्नुपर्ने हो, त्यतिलाई नहालेसम्म अर्को समूहमा भोट दिन पाँइदैन। उदाहरणका लागि, कुनै समूहमा ५ जनालाई भोट हाल्नुपर्ने छ भने दुई जनालाई मात्र दिऊँ भन्न पाइँदैन। यसले पनि मतदानमा समय लागिरहेको रिमाल बताउँछन्।
एमालेमा कुनै पनि महाधिवेशन प्रतिनिधिले मतदानमा जानुअघि निर्वाचन आयोगका प्रतिनिधिले कुपन दिन्छन्। त्यो कुपनका आधारमा प्राविधिकले बटन थिचेर मतदान सुरू गराउँछन्। त्यसपछि एक जना प्रतिनिधिले झन्डै ४० मिनेटसम्म उभिएरै मत खसाल्नुपर्छ।
मतदान सम्पन्न भएपछि गणनामा ३ देखि ४ घन्टा लाग्नेछ।

