नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ओली प्यानल र पोख्रेल प्यानल बिच प्रतिस्पर्धा हुने ।
२०८२ मंसिर २९, सोमबार ।
११औं महाधिवेशनको तेस्रो दिन सोमबार १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोटका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ । अध्यक्ष पदका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन् ।
उक्त महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
उनकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।
अध्यक्ष पदमा
केपी शर्मा ओली
👥 उपाध्यक्ष
ओली प्यानल
विष्णु पौडेल
रामबहादुर थापा ‘बादल’
गुरु बराल
पृथ्वीसुब्बा गुरुङ
प्रदीप ज्ञवाली
📜 महासचिव शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
विष्णु रिमाल
भानुभक्त ढकाल
🗂️ सचिव
ओली प्यानल
पद्मा अर्याल
छवि विश्वकर्मा
लेखराज भट्ट
खगराज अधिकारी
यमलाल कँडेल
शेरधन राई
महेश बस्नेत
हिक्मत कार्की
राजन भट्टराई
पोखरेल प्यानल
ईश्वर पोखरेल अध्यक्ष
अरुण नेपाल उपाध्यक्ष
गोकर्ण विष्ट उपाध्यक्ष
विन्दा पाण्डे उपाध्यक्ष
परशुराम मेघी गुरुङ उपाध्यक्ष (अझै एक नाम बाँकी)
📜 महासचिव
सुरेन्द्र पाण्डे
📎 उपमहासचिव
विनोद ढकाल
ठाकुर गैरे
गोकुल बाँस्कोटा
कृष्णगोपाल श्रेष्ठ
कर्ण थापा
रचना खड्का
(३ सचिव पदका लागि नाम टुंगो हुन बाँकी)

