Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा रमेशमान शाक्य र सचिबमा शिबलाल न्यौपाने सहितको टिम निर्वाचित ।

    December 14, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा रमेशमान शाक्य र सचिबमा शिबलाल न्यौपाने सहितको टिम निर्वाचित ।

    २०८२ मंसिर २८, आइतबार ।

    नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा सुनचाँदी व्यवसायी रमेशमान शाक्य निर्वाचित हुनुभएको छ । संघको शनिबार सम्पन्न १६औं वार्षिक साधारणसभा एवं ८औं अधिवेशनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष शाक्यसहित उहाँले अघि सारेको १९ जनाको टिम नै निर्विरोध निर्वाचित भएको हो । यससँगै शाक्य संघको ८औं अध्यक्ष बन्न सफल हुनुभएको छ ।

    संघको उपाध्यक्षमा खुलातर्फ रमेश रिमाल र ओमप्रकाश पोखरेल तथा महिला उपाध्यक्षमा विष्णुमाया खरेल निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा शिवलाल न्यौपाने, सहसचिवमा उमेश चौलागाईं र कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ ९आरसी० चयन हुनुभयो । कार्यसमिति सदस्यहरुमा शारदा सापकोटा, बालकृष्ण पोखरेल, कृष्णप्रसाद लामिछाने, शान्ता कार्की, गुरुप्रसाद अधिकारी, सुनज राजभण्डारी, माधव श्रेष्ठ, सचिन्द्र कुसी, विपिन केसी, सुमित्रा चौलागाईं, धनमाया फुयाल र प्रभुनाथ बास्तोला निर्वाचित भएको निर्वाचन समितिका संयोजक ज्योतिराम फुयालले जानकारी दिनुभयो ।

    व्यवसायी शाक्यले संघका विभिन्न पदमा आठ वर्ष जिम्मेवारी पुरा गरिसक्नुभएको छ । उहाँ २०७० देखि २०७४ सम्म दुई कार्यकाल कार्यकारिणी सदस्यको भूमिकामा हुनुहुन्थ्यो भने २०७४ देखि २०७८ सम्म दुई कार्यकाल कोषाध्यक्ष हुनुहुन्थ्यो । २०७८ यता भने उहाँ कार्यसमितिबाहिरै रहेर संघका गतिविधिमा सक्रिय हुनुहुन्थ्यो ।

    शाक्यले कार्यसमिति बाहिर रहेर पनि संघले आयोजना गर्ने कर शिक्षा एवं विभिन्न सामाजिक कार्यक्रमका साथै सदस्यहरुको हकहितका लागि अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आउनुभएको थियो । लामो समयदेखि संघमा महत्वपूर्ण योगदान गरेकै कारण उहाँ ३७४ व्यवसायीका सर्वस्वीकार्य नेता बन्न सफल हुनुभएको हो । शाक्य २०८० देखि काठमाडौं सुनचाँदी व्यवसायी संघको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ २०७७ सालमा संघको जनसम्पर्क अधिकारी बन्नुभएको थियो । त्यसअघि २०६३ सालमा उहाँ नेपाल सुनचाँदी व्यवसायी संघको कार्यकारिणी सदस्य निर्वाचित हुनुभएको थियो । शाक्य सन् २००६ को गोदावरी जेसिस अध्यक्ष तथा सन् २००७ को नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै उहाँ नेपाल क्षयरोग निवारण संस्था ललितपुर शाखाका आजीवन सदस्य हुनुहुन्छ ।

    अध्यक्ष निर्वाचित भएपछि शाक्यले नयाँ बानेश्वरको व्यापार व्यवसायलाई पुरानै अवस्थामा फर्काउन दत्तचित भएर काम गर्ने घोषणा गर्नुभयो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई प्रतिनिधिसभा बैठक स्थल बनाइएपछि नयाँ बानेश्वर हड्ताल र विरोध प्रदर्शनको केन्द्र बनेको छ, उहाँले भन्नुभयो, अब संसद भवन सिंहदरबारभित्रै बनेपछि सम्मेलन केन्द्रले पुरानै गतिविधि सञ्चालन गर्छ, बानेश्वरको व्यापार पनि फर्किन्छ । सम्मेलन केन्द्रको पुनर्निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई घच्घच्याउने उहाँको योजना छ । त्यस्तै पार्किङ अभावमा पनि बानेश्वरको व्यापार प्रभावित भएको उहाँले बताउनुभयो । पार्किङका लागि काठमाडौं महानगरपालिका र वडा नम्बर १० सँग समन्वय गरेको काम अघि बढाउनेछु, अध्यक्ष शाक्यले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना