कांग्रेसबाट जिल्ला सचिव युवा नेता कार्कीसहित सिफारिस

सर्लाही (बरहथवा) । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस क्षेत्रिय कमिटीले जिल्ला सचिव युवा नेता निरोज कार्कीसहित ९ जनाको नाम सिफरिस गरेको छ । शुक्रबार र शनिवार बसेको बृहद भेलाले सो शनिबार अबेर नामावली तयारगरी सिफारिस गरेको हो ।
क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्न निरज कार्की, हरेशप्रसाद महतो, विनोदकुमार खनाल, कृष्णदेव राय, रामबली राय, यशोदा निरौला चालिसे, माया कार्की बस्नेत, निरमुनी मैनाली र रमेशकुमार निरौला रहेका छन् ।
यसअघि जिल्लाबाट प्रत्यक्षतफ क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी र मन्दिरा आचार्य सिफरिस भएका थिए भने क्षेत्र नंं. २ बाट कार्यबहाक जिल्ला सभापति डा. सरोज कुमार र जयहरि श्रेष्ठ तथा क्षेत्र नं. ४ बाट माहामन्त्री गगनकुमार थापा र मधेस प्रदेस उपसभापती बिरेन्द्र कुमार सिंह सफिारिस भएका थिए । जिल्लाको चारवटै क्षेत्रबाट सिफरिस भई आएको नामावली सोमबारसम्ममा जिल्ला कार्य समितिको बैठक बसेर क्षेत्रीय कार्य समितिहरुले गरेको सिफारिसका आधारमा सम्भावित उम्मेदवारहरुको नाम प्रदेश र केन्दीय कार्य समितिलाई पठाइने जिल्ला सचिव निरज कार्कीले बताए ।

