निर्वाचन आयोगद्धारा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान ।
मिति २०८२ मंसिर २६, शुक्रबार ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते समानुपातिकतर्फको निर्वाचनमा भाग लिने १०० दलले दिएका निवेदन छानविन गरी ९३ वटा चिन्ह प्रदान गरेको छ । १०० दल मध्ये कतिपय दलले दुई वा दुई भन्दा बढी दलले एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दलहरुसंग निवेदन माग गरेको थियो ।
विस्तृत विवरण यस प्रकार छ ।



