आज थपिएका नवनियुक्त ४ मन्त्री सहित अब १४ सदस्यीय मन्त्रिमण्डल ।
मिति २०८२ मंसिर २६, शुक्रबार ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसअनुसार आज जिम्मेवारी पाएका नवनियुक्त मन्त्रीहरुमा राजेन्दसिंह भण्डारीले श्रम, कुमार इङ्नामले भूमि व्यवस्था, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् । आजको सपथपछि उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पदवहाली समेत गरेका छन ।
अबको नयाँ मन्त्रिमण्डल र जिम्मेवारी ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा संवत् २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम देहाय अनुसारको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।
क्र.सं नाम, थर ————- पद ————- कार्यविभाजन
१. श्री सुशीला कार्की ————- प्रधानमन्त्री ————- परराष्ट्र, रक्षा र खानेपानी
२. श्री रामेश्वर प्रसाद खनाल ————- मन्त्री ————- अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन
३. श्री कुलमान घिसिङ ————- मन्त्री —— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास
४. श्री ओम प्रकाश अर्याल ——- मन्त्री ——- गृह
५. श्री अनिलकुमार सिन्हा ——- मन्त्री ——- उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
६. श्री महावीर पुन ——- मन्त्री ——- शिक्षा, विज्ञान तथा प्रविधि
७. श्री मदनप्रसाद परियार ——- मन्त्री ——- कृषि तथा पशुपन्छी विकास
८. श्री जगदीश खरेल ——- मन्त्री ——- सञ्चार तथा सूचना प्रविधि
९. श्री सुधा गौतम ——- मन्त्री ——- स्वास्थ्य तथा जनसङ्ख्या
१०. श्री बब्लु गुप्ता ——- मन्त्री ——- युवा तथा खेलकुद
११. श्री कुमार इङ्नाम ——- मन्त्री ——- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२. श्री राजेन्द्रसिंह भण्डारी ——- मन्त्री ——- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३. श्री माधवप्रसाद चौलागाई ——- मन्त्री ——- वन तथा वातावरण
१४. श्री श्रद्धा श्रेष्ठ ——- मन्त्री ——- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
आज थपिएका नवनियुक्त ४ मन्त्री सहित अब १४ सदस्यीय मन्त्रिमण्डल, हेर्नुस कस्को जिम्मेवारी के?
2 Mins Read


