भिजिट भिषा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई सहित ६ जना विरुद्धको भ्रष्टाचार मुद्दा दर्ता ।
२०८२ मंसिर २५, बिहिबार ।
भिजिट भिषा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई सहित ६ जना विरुद्ध आज भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा रुजु गर्ने काम भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।
भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख बिगो माग दाबी गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ । अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्र अनुसार, तत्कालीन सहसचिव तीर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ । बिस्तृत विवरण


