मौद्रिक नीति समीक्षा
२०८२ मंसिर १५, सोमबार ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा आज सोमबार सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षा मार्फत राष्ट्र बैंकले स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएको छ । व्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । यस मौद्रिक नीतिले विभिन्न सिमाहरुलाई हटाएर खुकुलो बनाएको छ । विस्तृत विवरण हेर्नुहोस ः
MP-2082-83-1st-Quarter-Review-1



