१. राजदूतहरुसँग प्रम कार्कीको भर्चुअल संवाद‘नेपालको सकारात्मक प्रवर्धनमा लाग्न निर्देशन ।
प्रधानमन्त्री सुशीला कार्कीले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्धन गर्न परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोग तथा दूतावासलाई निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत समाल्नुभएकी उहाँले विदेशस्थित नेपाली दूतावासका राजदूतसँग बुधबार भर्चुअल छलफल गर्दै अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको परिवर्तित परिस्थितिका विषयमा सकारात्मक पहलसहितको प्रवर्धन गर्न मन्त्रालय र दूतावासलाई निर्देशन दिनुभयो । जेनजीको चाहनाबमोजिम गठित वर्तमान सरकारलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो , “छिमे की राष्ट्र भारत र चीनसहित सबै मित्रराष्ट्र, विकास साझेदारलगायत सबैको सद्भाव र समर्थन रहेको परिप्रेक्ष्यमा जेनजीको चाहनाबमोजिम वर्तमान सरकारले आफ्नो म्यान्डेट समयमै सफलतापूर्वक सम्पन्न गर्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु भन्नुभएको छ ।
२.आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा कुवेतविरुद्ध ५८ रनले नेपालको विजयी, नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा हिजो साँझ सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । 
नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो । फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो । त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो ।

३. बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई सार्वजनिक गरिएको छ ।
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए। घटनापछि अनुसन्धानका क्रममा पक्राउ परेका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
४. आज असोज २३ गते माइतीघरमा हुनेभनेको एनटेक(जेड समूहको प्रदर्शन स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार एनटेक–जेड नामक समूहले मिति २०८२ असोज २३ गते बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भन्दै निवेदन दिएको थियो। तर उक्त निवेदन विचाराधीन अवस्थामा रहँदै समूहले कार्यक्रम स्थगित भएको निर्णय गरेको जनाइएको छ।
५. राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा हटायो ।
दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । नेप्से निरन्तर गिरावट भएपछि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै शेयर धितो कर्जाको सीमा हटाएको हो । यस अघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ। केन्द्रिय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्वयवस्था गरेको छ । यस अघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाइएको छ ।
६. २०२३ अक्टोबर ७ मा इजरायलमा कार्यरत विपिन जोशीलाई अपहरण गरिएको पछिको पहिलो भिडियो सार्वजनिक ।
विपिन जोशीको भिडियो सार्वजनिक गरेको छ । यो भिडियो इजरायली सेनाले युद्धका क्रममा प्राप्त सामग्रीु मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्याइएको जनाइएको छ । परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ ।विपिन जोशीको परिवारले विज्ञप्ति जारी गर्दै भनेका छन्त्यो . भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं । यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो ।
परिवारले भनेको छ. दुई वर्षसम्म हामीले कल्पनासमेत गर्न सकेनौं कि विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन् । तर अब त्यो कल्पना होइन, वास्तविकता हो । भिडियोमा देखिएको जीवनको संकेतले हामीमा विश्वास जगाएको छ कि उनी अझै जिउँदा छन् । सो दिन १० नेपालीहरू मारिएका थिए ।उक्त भिडियो केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको थियो र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ । विपिन जोशीको पछिल्लो अवस्था भने अज्ञात रहेको छ ।

७. बालेन र सुदनविरुद्ध अनेरास्ववियुले अस्ती बुझाएको जाहेरीमा केही परिवर्तन गरी फेरी हिजो बुझायो जाहेरी ।
नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा हिजो अर्को जाहेरी दिएको छ । यसअघि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर मेयर बालेन र सुदनविरूद्ध जाहेरी दिएको भएपनि सो जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले अगाडी नबढाउने बताएपछि अनेरास्ववियुका नेताहरु बुधबार फेरी परिसर पुगेर अर्को जाहेरी दिएका हुन् ।भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो । मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबीसहित अनेरास्ववियुले उजुरी दिएको बताइएको छ ।बालेन र सुदनविरुद्ध आजै बिहान अधिवक्ता युवराज सफलले पनि परिसर पुगेर जाहेरी दिएका छन् । प्रहरीले सो जाहेरी दर्ता नगरेको र भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न बनाएको आयोगलाई पठाउने तयारी प्रहरीले गरेको बुझिएको छ ।
८. आफु बसेकै जिल्लाबाट अनलाईन फर्म भरी मतदाता नामावली अध्यावधिक गर्न सकिने ।
९.बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवतजावतमा समस्या
१०.पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरको छ । अख्तियारले बुधबार एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर मुद्धामा उनीहरूविरुद्ध ७८ लाख बिगो मागदाबी गरिएको छ । जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यस प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियार स्रोतले बताएको छ । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हासिल गर्न तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएपछि यो विषय बाहिर आएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।
११. नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेताको मात्र सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् । लिङदेनले नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै नेताको मात्र छानबिन गरेर नहुने बताएका हुन् । उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफुहरुले लामो समयदेखि गर्दै आएको बिषय भएको उल्लेख गर्दै अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् । उनले भने( ुनेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो समयदेखि गर्दै आएको बिषय हो । अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।ु
१२. निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने ।
निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । यसका लागि आयोगले यसअघि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने देखि स्थानीय तहमा निर्वाचित भएका सबै दलहरुलाई पत्राचार गरेको छ । प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गर्दै विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा रहेको बताएका छन् ।
१३. नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ लगाएत सबै मन्त्रीहरु माथी छानबिन गर्नुपर्ने माग गरेका छन् ।
नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले घिसिङको मुद्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि सुरुमा छानबिन गर्नुपर्ने बताएका हुन् । बस्नेतले कुलमानले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाउदै सूर्यविनायक-धुलिखेल सडकखण्डमा उनको भतिजो ६० प्रतिशन लगानी रहेको र भतिजोमार्फत भएको उनको अप्रत्यक्ष लगानी भएको लामा कन्ट्रक्सनको भुक्तानी गर्नुपर्ने रहेकाले सडक निरीक्षणमा गएको आरोप लगाएका छन् । उनले भने( सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौं । मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन । रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो । कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने रु’

