२०८२ असोज १९, आइतबार ।
मनाङमा कार्तिक १७ गतेका लागि तोकिएको प्रदेश सभाको उपनिर्वाचन स्थगित भएको छ ।निर्वाचन आयोगले आज अर्थमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीसहित गरेको छलफलपछि मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन तालिका प्रभावित भएको भन्दै अब निर्वाचन कार्यक्रम पछि प्रकाशित गर्न भन्दै हालका लागि उपनिर्वाचन स्थगित भएको जानकारी दिएको छ ।आजको छलफलमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारी र आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।
स्रोत एभरेष्ट न्यूज एजेन्सी,

