२०८२ असोज ११, शनिबार ।
गत वर्षसम्म डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर यो वर्षदेखि अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ । धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जारी गरेको सूचनामा उल्लेख छ । यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरमा सुरु हुनेछ। फारम भर्दा पासपोर्ट अनिवार्य हुने र भिसा पाउँदा तिर्नुपर्ने ३३० डलरको शुल्क भने यथावत रहनेछ।
भुक्तानी प्रक्रियामा अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने व्यवस्था हुनेछ। नेपालमा भने प्रायस् भिसा वा मास्टर कार्ड नै प्रयोगयोग्य हुने बताइएको छ। शुल्क तिरेपछि मात्र फारम सबमिट हुने भएकाले आवेदकले पहिले नै कार्डको भुक्तानी सीमाबारे स्पष्ट हुनुपर्ने मन्त्रालयले जनाएको छ।
डिभी फारम भर्दा अब एक डलर शुल्क, अनलाइनमार्फत भुक्तानी गर्न सकिने ।
1 Min Read


