२०८२ असोज ०६, सोमबार ।
आज दिउसो मन्त्री पदको सपथ दिइसकेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिनेक्रममा शिक्षामन्त्री महाविर पुनले किताब बेच्दा बेच्दै मन्त्री भएको छु, ५ महिनाको समय छ नेपालीहरुले धेरै आश गर्दछन, धेरै आशा नगर्नुहोला भनेर भन्नुभयो । उक्त क्रममामा उहाँले मलाई धेरै सुविधा सम्पन्न निवास नचाहिने र मन्त्रालयमै बस्नकोलाई पनि तयार भएको बताए ।
आज थपिएका ४ मन्त्री सहित निम्नानुसारको मन्त्री मण्डल बनेको छ ।
१. प्रधानमन्त्री सुशीला कार्की
२. अर्थमन्त्री रामेश्वर खनाल
३. गृहमन्त्री ओमप्रकास अर्याल
आज थपिनु भएका मन्त्रीहरु
४. शिक्षा मन्त्री महावीर पुन,
५. सञ्चार मन्त्रीमाजगदीश खरेल,
६. कानुन, उद्योग वाणिज्य र भूमिसुधार, अनिल सिन्हा र
७. कृषि, मदन परियार ।

