२०८२ भाद्र ३०, सोमबार ।
अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरी पहिलो पटक मन्त्रिपरिषद बैठक बसी निम्न निर्णय गरेको छ ।
१. भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने,
२. मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने,
३. असोज १ गते शोक दिवस मनाउने,
४. मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय,
५. अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयले र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त राहत वितरण गरिने,
६. घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय,
७. ओली क्याबिनेटमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता पठाउने,
८. सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेन जेड जागरण स्मारक पार्क बनाउने,
९. शव लैजानका लागि निस् शुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने

