२०८२ साउन २७, मंगलबार ।
बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाइ सकेपछि रिक्त हुन गएको मुख्यमन्त्री पदमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका थिए । नेपालको संविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । सोहि क्रममा इन्द्रबहादुर बानियाँले आज विश्वासको मत पाएका छन । जस अनुसार प्रदेश सभामा भएका जम्मा ११० सदस्यहरु मध्येमा उनले ६३ मत प्राप्त गरेका छन भने विपक्षमा २२ मत प्राप्त भएको छ । आज ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्रात भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त ।
1 Min Read

