२०८२ असार ३२, बुधबार ।
अख्तियार प्रवक्ता राजेन्द्र पौडेलका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरका मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई मंगलबार कार्यालयबाटै २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। कार्यालय प्रमुख ५४ वर्षीया कुमार आचार्य र कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई नियन्त्रणमा लिएको जानकारी गरेको छ । उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि घुस लिएको आरोप छ।
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई नियन्त्रणमा लिएको छ।
सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नियन्त्रणमा लिइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
भक्तपुर मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगी र यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा ।
1 Min Read


