२०८२ असार २५ ।
गत चैत १५ मा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि रिक्त भएको त्रिविको उपकुलपति पदमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले खड्ग केसी, प्रा.डा. विनिल अर्याल र प्रा.डा. दिपक अर्यालको नाम सिफारिस गरेको थियो । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् । तीन जनामध्येबाट कुलपति ओलीले प्रा.डा. दिपक अर्याललाई नियुक्त गरेका हुन् ।
प्रा.डा. दिपक अर्याल त्रिविको उपकुलपतिमा नियुक्त ।
1 Min Read

