पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मेयर बालेन शाह बीच भेटवार्ता ।
२०८२ असार २३, काठमाडौं ।
‘बिहीबार असार १९ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास बुढानिलकण्ठमा महानगरपालिकाका मेयर बालेन शाह बीच भेटवार्ता भएको छ । मेयर शाहको सचिवालय स्रोतले पूर्वराष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ।
उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए। भण्डारी राष्ट्रपति रहँदा राष्ट्रपति चुरे-तराई संरक्षण कार्यक्रमुअन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मेयर बालेन शाह बीच भेटवार्ता ।
1 Min Read


