२०८२ जेष्ठ १२ गते सोमबार, काठमाडौं।
२०८२ जेठ १३ ।
पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । युवा संघको आगामी कार्यसमितिको नेतृत्व चयनमा अध्यक्ष पदमा सहमती नजुटेपछि आज विहान १० बजेदेखि चुनाव हुदैछ । अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । विद्युतीय मतदानमा शान्तिपुर्वक युवाहरू सहभागी भएका छन् । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । १३ जेठ, पोखरा ।
क्षितिज थेबे निवर्तमान अध्यक्ष हुन् भने सुमन पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवासंघका नेताहरू बताउँछन् ।

