२०८२ जेठ ९,
आज १ बजेर ४८ मिनेट जाँदा बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । मानिसहरु मस्त निद्रमा परेका बेलामा आउको भुकम्पको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।
राती १ बजेर ४८ मिनट जादा बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प ।
1 Min Read

