०३ जेठ २०८२ ।
२०८१ चैतमा १५ मा राजधानीको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक दंगामा परिणत भएपछि प्रहरीले मिश्र लगायत सांसद धवलशम्सेर राणा, मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायतलाई पक्राउ गरेको थियो । यसै क्रममा लामो समयसम्म म्याद थप गरी निरन्तर थुनामा रहि आएका थिए ।
उनीविरुद्धको आरोपसँग सम्बन्धित अधिकांश प्रमाण संकलन भइसकेको तर प्रमाण संकलनका लागि भन्दै निरन्तर थुनामा राखेको देखिएको भन्दै सर्वोच्च अदालतले ‘बन्दीप्रत्यक्षीकरण’को आदेश जारी गरेको हो । कुनै नागरिकलाई गैरकानुनी थुनामा राखेको देखिए थुनामुक्त गर्न अदालतले जारी गर्ने आदेशलाई बन्दीप्रत्यक्षीकरणको आदेश भनिन्छ । सर्वोच्चका न्यायाधीशहरु डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेर मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न भनेको हो ।
सर्वोच्चले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश ।
1 Min Read

