२०८२ जेठ १, काठमाण्डौ ।
हिजो बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौर्ला र सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त गरेको छ। संखुवासभाका थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन्। तेह्रथुमकी गड्तौला पूर्वमुख्य सचिव हुन्। मन्त्रिपरिषद बैठकले दुई आयोगमा अध्यक्षहरू बाहेक थप चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा
१. अध्यक्ष महेश थापा संखुवासभा
२. सदस्य अच्युतप्रसाद भण्डारी जाजरकोट
३. सदस्य डा. टीकाप्रसाद ढकाल पाँचथर
४. सदस्य पदमबहादुर शाही जुम्ला
५. सदस्य कुमारी कौशल्य ओझा कञ्चनपुर
त्यस्तै
बेपत्ता छानबिन आयोगमा
१. अध्यक्ष लीलादेवी गड्तौला तेह्रथुम
२ सदस्य गोपालनाथ योगी, सल्यान
३. सदस्य अग्निप्रसाद थपलिया झापा
४. सदस्य सिर्जना पोखरेल काठमाडौं
५. सदस्य विनिता नेपाली, कास्की।

