२०८२ जेठ ०१, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि रिक्त सचिव पदमा सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको छ ।
सचिवमा बढुवा भएका पौडेलले लामो समय निजामती सेवाका काम गर्दा धितोपत्र बोर्डको अध्यक्ष, भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवाको सिफारिसमा परेका थिए ।


