२०८२ बैशाख १७ ।
–शिक्षकले उठाएका मागमध्ये मन्त्रीपरिषद्बाट निर्णय गराउन सकिने मागमा दुवै पक्षबिच सहमति ।
–बुधबार सत्ताधारी दलका मुख्य सचेतक तथा सरोकार वालासँग छलफल गरेर आन्दोलन टुङ्ग्याउन शिक्षक महासङ्घका पदाधिकारी सहमत
मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमतिमै टुंगिएको छ। शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । ‘आज बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने शिक्षक महासंघले बताएको छ। यदी आज वार्ता सफल भएमा कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । शिक्षकहरुले राखेमा मुख्य ९ मागहरु ः
१. ग्रेड समायोजन
२. मर्यादा क्रम
३. अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
४. विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
५. सामाजिक सुरक्षा कोष
६. दुर्गम भत्ता
७. राहत शिक्षक लगायत ।
८. पदोन्नति, तालिम, र पेशागत विकासका अवसरहरू
९. निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।

