२०८२ बैशाक ०८ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाश भए पछि रिक्क्त भएको सचिव पदका लागि हिजो बैशाक ५ शुक्रबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरेको थियो । उक्त सिफरिस अनुसार पहिलो नम्बरमा सिफारिस श्रीमती चन्द्रकला पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत हुनुहुन्छ भने शोभाकान्त पौडेल अर्थ र भूपाल बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत श्री चन्द्रकला पौडेललाई बढुवा गरेको छ ।



