०३ बैशाक २०८२ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने बैठकले निर्णय गरेको थियो।
राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान ।
1 Min Read

