२०८१ चैत्र २९ गते शुक्रबार।
प्रहरीले मेडिकल व्यवसायी तथा सामाजिक अभियानताका रुपमा चिनिएका दुर्गा प्रसाईंका र उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । उनीहरु दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिए । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।


