२०८१ चैत २८, काठमाडौं ।
नेपाल बार एशोसिएसनको अध्यक्षमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र ५०५२ मतका साथ विजयी भएका छन् । महासचिवमा पनि काँग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।


बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी ।
1 Min Read

