२७ चैत्र २०८१ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर राना पक्राउ परेका छन्। उनलाई बुधबार पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७६.७७ देखि २०८०.0८१ सम्म संकलन गरेको राजश्व रकम हिनामिना गरेको आरोप रानामाथि छ।
राजश्व रकम हिनामिना गरेको उजुरी पछि अख्तियारको टोलीले उनलाई सम्बन्धित कागजातसहित पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। अरु विस्तृत विवरण थप अनुसन्धान हुदैछ ।
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर राना पक्राउ ।
1 Min Read

