२१ चैत, काठमाडौं।
राजस्व अनुसन्धान विभागको टोलीले लामो अनुसन्धानपछि टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान गरेका छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोडको मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीय नारायण पौडेल रहेको बताए ।
पछिल्लो समय टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ ।
चैत्र ४ गते टोखामा बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान ।
1 Min Read


