२७ फागुन, काठमाडौं ।
वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा
वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा। भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले नियुक्त
सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयले डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डे नियुक्त
सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुशार सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो। लमजुङका पाण्डेको नियुक्तिले चिया उद्योगको विस्तार, किसान हितका कार्यक्रम तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

