Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया ।

    March 9, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २५ फाल्गुन २०८१ ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । महाराजगन्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यव्रिmया भएको हो ।
    एमआइसिएबिजी प्रविधि मुटुको नसा ‘ब्लक’ हुँदा सानो प्वाल पारेर गरिने उपचार प्रविधि हो । मुटुको ब्लक खोल्दा पहिले पूरै छाती चिरेर गरिन्थ्यो भने यो प्रविधि करङको बिचबाट प्वाल पारेर गरिने नयाँ र सर्वसुलभ प्रविधि हो । मुटुको शल्यक्रिया पहिले पहिले १२ सेन्टिमिटरको प्वाल पारेर हड्डी काटेर गरिन्थ्यो भने अहिले पाँच सेन्टिमिटरको सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले एमआइसिएबिजी प्रविधिको प्रयोग नेपालमा पहिलो पटक भएको दाबी गर्नुभयो । “योभन्दा अगाडि मुटुको शल्यक्रिया गर्दा यो प्रविधि थिएन,” उहाँले भन्नुभयो, “एमआइसिएबिजी प्रविधिबाट शल्यक्रिया गर्दाका फाइदा धेरै छन् ।” डा. भट्टराईले पहिले पहिले मुटुलाई बन्द गरेर शल्यक्रिया गरिने जानकारी दिँदै त्यसबाट अन्य अङ्गलाई समेत असर पर्न सक्ने सम्भावना हुने गरेको बताउनुभयो । “अब मुटुलाई बन्द गर्नु पर्दैन,” उहाँले भन्नुभयो, “नयाँ प्रविधिबाट शल्यव्रिmया गर्दा रगत आउँदैन, बिरामी छिट्टै डिस्चार्ज भएर घर जान पाउँछ ।” उहाँले बिरामीलाई अन्य सङ्क्रमण हुने डर नहुने भन्दै नयाँ प्रविधिबाट शल्यव्रिmया गर्दा पहिलेभन्दा झन् सस्तो पर्ने जानकारी दिनुभयो । डा. भट्टराईका अनुसार म्याग्दे गाउँपालिका तनहुँका ४५ वर्षीय पुरुषमा नयाँ प्रविधिबाट शल्यव्रिmया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको जानकारी दिनुभयो । यो प्रविधिबाट शल्यक्रिया गर्दा उपचार खर्च कम लाग्ने उहाँको भनाइ छ । डा. गजुरेलले नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया गरिएका व्यक्तिको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नसा बन्द भएको पत्ता लागेको बताउनुभयो । साउदीमा मुटुको नसा खोल्दा स्टेन्टिङ गरिएको जानकारी दिँदै त्यो नसा पुनः बन्द भएको र उपचार गर्न नेपाल फर्किएको बताउनुभयो । उहाँले यस प्रविधिमा परम्परागत रूपमा गरिने ओपन हार्ट शल्यक्रियामा जस्तो बिरामीको छातीमा ठुलो घाउ बनाउन नपर्ने बताउनुभयो । डा. भट्टराईले हाल बिरामीको अवस्था सामान्य रहेको र बिरामीलाई आइसियुबाट वार्डमा सारिएको जानकारी दिनुभयो । स्रोतः गोरखापत्र राष्ट्रिय दैनिक

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना