२२ फाल्गुन २०८१
बुद्ध एयरको जनकपुरबाट ६२ जना यात्रु लिएर काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) नभएको काठमाण्डौ आएपछि मात्रै थाहा पाएको छ र पांग्रा बिना नै अवतरण गरेको छ। जहाज जनकपुरबाट काठमाडौंका लागि ४ः४५ बजे उडेको थियो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ,ु प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।

