२२ फाल्गुन २०८१ ।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले स्वास्थ्य सेवातर्फ रिक्त सचिव पदमा बढुवाका लागि सिफारिस गरी पठाएका तीन जना (डा. विकास देवकोटा डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटी) मध्येबाट सरकारले सहसचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको छ ।
हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।


