०५ फाल्गुन २०८१ ।
यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक रिचर्ड कीओघले फेब्रुअरी १७ मा
ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजको भ्रमण गर्नुभएको छ। यो भ्रमण दुई संस्थाबीचको चलिरहेको शैक्षिक
सहकार्यको एक हिस्सा हो।
नेपालको गोल्छा ग्रुप र ग्लोकल प्रा।लि।को संयुक्त प्रयासमा स्थापित इम्बार्क कलेजले यूनिभर्सिटी अफ
रोह्याम्पटनसँगको साझेदारीमा ४ वर्षे बीएससी बिजनेस म्यानेजमेन्ट र २ वर्षे एमबीए कार्यक्रमहरू नेपालमा प्रदान
गर्दछ। भ्रमणका क्रममा प्राध्यापक कीओघले इम्बार्क कलेजको स्नातक र स्नातकोत्तर तहका पहिलो ब्याचका
विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको वैश्विक प्रतिष्पर्धी जनशक्ति र सीप विकासका प्रयासहरूबारे छलफल
गर्नुभयो।
इम्बार्क कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले प्राध्यापक कीओघलाई सम्मानस्वरूप मायाको चिनो
प्रदान गर्नुभयो। प्राध्यापक कीओघले कलेजका पदाधिकारी र शिक्षकहरू सँग विद्यार्थी र संकाय आदानप्रदान,
सहकार्यात्मक अनुसन्धान र नवीन साझेदारीहरूबारे छलफल गर्नुभयो।
प्राध्यापक कीओघ फेब्रुअरी १८ मा दुई देशबीचको व्यापारिक र शैक्षिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य सहित
नेपालस्थित बेलायती दूतावासद्वारा आयोजित यूके–नेपाल व्यापार मञ्चमा पनि सहभागी हुँदै हुनुहुन्छ ।
इम्बार्क कलेज नेपाल सरकारको शिक्षा मन्त्रालयबाट नोभेम्बर २७, २०२४ मा स्वीकृति प्राप्त गरी प्रविधिमैत्री र
विद्यार्थी–केन्द्रित शिक्षण सिकाईको केन्द्र बन्ने लक्ष्य सहित शैक्षिक गतिविधि सुचारु गरेको छ। कलेजले
विश्वविद्यालय शुल्क पनि समावेश गरी शिक्षा मन्त्रालयको निर्देशानुसार १०५ पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
कलेज उद्यमशीलता र सीप–आधारित शिक्षामा जोड दिँदै, सैद्धान्तिक अध्ययनलाई वास्तविक परियोजना सँग
समाहित गरी विद्यार्थीहरूको सक्रिय सहभागिता र निरन्तर सुधारलाई प्रोत्साहित गर्दछ।
यूनिभर्सिटी अफ रोह्याम्पटन सँगको साझेदारीले विद्यार्थीहरूलाई व्यावसायिक सफलताका लागि सशक्त बनाउँदै
नेपालमा विश्वव्यापी मान्यता प्राप्त, करियर–केन्द्रित शिक्षा प्रदान गर्ने लक्ष्य राखेको एम्बार्क कलेजलाई नेपालमा
नवप्रवर्तन र उद्यमशील उत्कृष्टताको केन्द्रको रूपमा स्थापित गर्दै यो सहकार्यले शिक्षा, उद्योग र समाजलाई
जोड्ने प्रतिबद्धतालाई बल प्रदान गर्ने कलेजका सीईओ र कार्यकारी निर्देशक आशिष ठाकुरले बताउनुभयो ।

