२५ माघ २०८१, काठमाडौं ।
टोखा नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिए अनुसार आजसम्ममा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ । टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो।
टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए। संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने पालिका स्रोतले बताएको छ ।
यस अघि पालिकाले आफ्नो क्षेत्र भित्र रहेका बसपार्क क्षेत्र र विष्णुमति करिडोर तर्फ खाली गराई सकेको छ ।
टोखा नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा खाली गराउदै ।
1 Min Read

