१६ माघ २०८१
काठमाडौं कलंकीमा संचालमा रहेको शुबिधा सम्पन्न शहिद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत शहिदहरूको सम्झनामा अस्पताल प्राङ्गणमा बिरामीहरूको निशुल्क चेक जाँच र औषधि बितरण गर्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको अस्पतालका सूचना अधिकारी छबिलाल बिश्वकर्माले बताउनुभयो ।
उक्त स्वास्थ्य शिविरमा ९२५ जनालाई औषधि बितरण गरिनुका साथै बिशेषज्ञ डाक्टरहरूद्वारा जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, मधुमेह तथा थाईराईड रोग, जनरल फिजिसियन, नाक कान तथा घॉटी रोग, बाल रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौनरोग, मुटु रोग, हाडजोर्नि तथा नशा रोगको र महिलाको पाठेघर प्यापस्मेर, ल्याब परीक्षण, भिडियो एक्सरे लगायतका अन्य स्वास्थ्य प्ररिक्षण सेवामा समर्पित हुन पाउँदा शहिदहरूको सपना केही हदसम्म पुरा गर्न पाएको अनुभुती भएको अस्पतालका प्रबन्ध निर्देशक जनरल तथा यूरो सर्जन डा. जितेन्द्र श्रेष्ठले व्यक्त गर्नुभयो।
कार्यक्रममा स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. सुमित्रा थापाले शहिद दिवशको अबसरमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा आमा, दिदी बहिनीहरूले बर्षौ सम्म अन्धविश्वासमा परेर लुकाएर राखेका रोग र पिडाको पहिचान गरी उपचार सेवामा जुट्ने अबसर प्रदान गर्ने शहिद मेमोरियल अस्पताललाई बिशेष धन्यवाद दिदै आगामी दिनहरूमा अन्य अस्पतालहरूले पनि शहिद मेमोरियल अस्पतालले जस्तै उदाहरणीय कार्य गर्नु पर्ने तर्फ जोड दिनु भयो ।


