११ माघ २०८१ ।।
शुक्रबार भएको मलेसियासँगको टी-२० विश्वकपका प्लेअफ खेलमा ४ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्षमा उक्लिएकी हुन । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । पुजाले ४ खेलमा ९ विकेट लिइन् । लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् भने तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् । मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् ।
पूजा महतो बनिन् टी २० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी।
1 Min Read

