माघ ७ काठमाडौं,
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ । स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमामा सुविधा प्याकेज खारेज गरेपछि यो सुचारु भएको अस्पतालका निर्देशक डा. घनश्याम गुरुङले बताए । गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन । मुटुको औषधीको मूल्य अस्पतालको खरिद मूल्यभन्दा कम थियो, अरू सामग्रीमा
त्यस्तै,’ डा. गुरुङले भने । टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो । उनका अनुसार बहिरंग विभागका बिरामीको हकमा यो प्याकेज सहज देखिए पनि गम्भीर तथा भर्ना भएका बिरामीको हकमा सहज थिएन । बोर्डका निमित्त कार्यकारी सदस्य डा. सरोज शर्माले सुविधा प्याकेज खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीको भुक्तानी दिने निर्णय गरेको छ । गत भदौदेखि बोर्डले सबै अस्पतालको हकमा लागु गरेको यो सेवा टिचिङ अस्पताल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले लागु गर्न अस्वीकार गरेका थिए। यी दुई अस्पतालले अस्वीकार गरेको भनेर अन्य अस्पतालको गुनासो आएकाले स्थलगत अनुगमन गरी बोर्डले सुविधा प्याकेज कार्यक्रम खारेज गरेको निर्देशक शर्माले बताए। सुविधा प्याकेज अनुसार उपचार गर्दा अस्पतालमा लामो बसाइ हुने बिरामीको हकमा अस्पताललाई घाटा पर्नुका साथै कतिपय जटिल रोगका सामग्रीसमेत महंगो पर्ने हुनाले लागु गर्न नसकिने भन्दै अस्पतालले अस्वीकार गरेका थिए । सुविधा प्याकेजी खारेज गरे पनि स्वास्थ्य बिमा कार्यक्रम बापत बोर्डले अस्पताललाई करोडौं रकम तिर्न बाकी हुँदा समस्या कायमै रहेको अस्पतालका निर्देशक डा. गुरुङले बताए । सुविधा प्याकेज उनका अनुसार बिमा बोर्डले यो अस्पताललाई ६९ करोड रूपैयाँ भुक्तानी गरेको छैन। अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको समय २०७७ सालदेखि यताको भुक्तानी थपिँदै गएर ६९ करोड रूपैया बाकी भएको डा. गुरुङले जानकारी दिए। भुक्तानी गर्न बाँकी रकममध्ये २० करोड रूपैयाँको माग दाबी हेर्नै बाँकी छ भने एक करोड रूपैयाँ माग दाबी बोर्डले अस्वीकार गरेको थियो । एकातिर समयमा भुक्तानी नगर्ने र अर्कोतिर मागदाबी रकममाथि बोर्डले एक करोड रुपैयाँ अस्वीकार गर्दा अस्पताल समस्यामा परेको छ । एक पटकमा दुई करोड रूपैयाँ दिने र २० करोड रुपैयाँ बाँकी राख्ने प्रवृत्तिले ठुलो रकम भुक्तानी गर्न बाँकी रहेको हो,’ उनले भने ।
धेरै रकम बाँकी रहदा अस्पतालको दैनिकीदेखि आपत्कालीन खर्चमा समस्या परेको गुरुङले जानकारी दिए । उपकरण बिगे्रपछि तुरुन्तै किन्नुपर्छ, त्यो किन्न सकेका छैनौं, यो धेरै ठुलो रकम हो,’ उनले भने । देशैभरीको स्वास्थ्य बिमा मागदाबीको फाइल पुनः बिमाका कर्मचारीले हेरेर पुष्टि गरेपछि मात्र भुक्तानी गर्ने प्रक्रियाले ढिला भएको स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. शर्माले बताए । बक्यौता रकम तीन महिनाको अन्तरालमा भुक्तानी गर्ने बोर्डको प्रक्रिया छ । डा. शर्माका अनुसार देशभरीको मागदाबीको समयमै भेरीफाइ गर्न नसक्दा समस्या उत्पन्न भएको हो । टिचिङसहित देशभरका अस्पतालमा गरी बोर्डले ११ अर्ब भुक्तानी गर्न बाँकी छ । हालसम्म कुल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको बोर्डले बताएको छ ।
यो सेवा पूनः सञ्चालनमा आउन थालेपछि विरामीले हिजो सोमबारैबाट सेवा पाउन थालेका छन । स्रोत ः नागरीक दैनिक
टिचिङ अपतालमा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुचारु ।
3 Mins Read

