Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरु संसारभर त्रास र चासो ।

    January 21, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ०८ माघ २०८१
    संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच उहाँले पद तथा गोपनीयताको शपथग्रहण गर्दै पदभार सम्हाल्नुभएको हो । विश्व शक्तिराष्ट्रको शक्तिशाली राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले अमेरिकी समय अनुसार बिहान ११ ः ४७ बजे शपथग्रहण गराउनुभयो । शपथ लिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म दृढतापूर्वक शपथ खान्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यलाई इमानदारपूर्वक कार्यान्वयन गर्ने छु र मेरो क्षमताले भ्याएसम्म संयुक्त राज्य अमेरिकाको संविधानको रक्षा गर्ने छु ।” राष्ट्रपति पदको शपथ अमेरिकी संविधानको धारा २, उपधारा १ मा निर्दिष्ट गरिएको छ । उहाँको आगमनसँगै राष्ट्रपति कार्यालयको वेबसाइटको नाम ‘अमेरिका इज ब्याक’ घोषणा गरिएको छ । राष्ट्रपति ट्रम्पले शपथलगत्तै देशवासीका नाममा सम्बोधन गर्दै अमेरिका अब स्वर्ण युगमा प्रवेश गरेको उद्घोष गर्नुभयो । आफ्नो कार्यकाल सुरुवातको सम्बोधनका व्रmममा उहाँले यस दिनलाई स्वतन्त्रता दिवस भएको दाबी गर्नुभयो । उहाँले अमेरिकालाई फेरि बनाउन चुनाव प्रचारका व्रmममा भगवान्ले आफ्नो जीवन बचाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हालैको राष्ट्रपतीय निर्वाचनलाई हाम्रो देशको इतिहासमा सबैभन्दा ठुलो र परिणाममुखी निर्वाचनका रूपमा स्मरण
    गरिने छ ।” उहाँले हालसालै लस एन्जलसमा फैलिएको डढेलोमा धेरै मानिसले आफ्नो घर गुमाएकोमा दुःख प्रकट गर्नुभयो । डढेलो नियन्त्रणको प्रयासमा सरकार लागेको औँल्याउँदै उहाँले देशका धनी वर्गलाई घरबारविहीन बनाएको उल्लेख गर्नुभयो । उहाँले देशको शिक्षा र स्वास्थ्य सेवा प्रणालीको आलोचना गर्दै छिटो परिवर्तन ल्याउने वाचा गर्नुभयो । आफ्नो पुनरागमनले अमेरिकाको पतन समाप्त गर्दै नागरिकको स्वतन्त्रता फिर्ता गर्ने दिन ल्याएको दाबी गर्नुभयो । मेक्सिको सीमा क्षेत्रमा आपत्काल घोषणा नयाँ राष्ट्रपतिका रूपमा उहाँले पहिलो दिन नै कार्यकारी राष्ट्रपतिको हैसियतमा एक सय वटा फाइलमा आदेशात्मक हस्ताक्षर गर्नुभयो । जसमा संशयका साथ हेरिएको आप्रवासन तथा देश निकालासम्बन्धी आदेश पनि सामेल रह्यो ।

    यी विषयमा सम्भावित हुलदङ्गालाई मध्यनजर गर्दै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय आपत्कालको घोषणा गर्नुभयो । त्यस्तै वातावरणीय, पारलैङ्गिक अधिकार तथा अपराधमा क्षमा दिने विषय पनि उहाँको आदेशमा समावेश छन् । यी आदेशहरूमा अमेरिकी कङ्ग्रेसको अनुमोदन आवश्यक पर्दैन । त्यसैले पनि अमेरिकामा आफूले लागु गर्न चाहेको नीतिगत विषयलाई उहाँले समावेश गर्नुभएको मानिन्छ । कतिपय विषयमा भने भविष्यमा थप बहस र कानुन आकर्षित गर्न सकिने सम्भावना कायम रहन्छन् । चिसोमा तातो स्वागत ट्रम्पले क्यापिटल रोटुन्डाको हलभित्र शपथ लिँदै गर्दा माइनस १३ डिग्री सेन्टिग्रेडको चिसोमा बाहिर भेला भएका समर्थकहरूले खुसीयाली मनाए अनि आतिसबाजी गरेर आपसमा खुसी साटे ।

    अमेरिकी संविधानले शपथग्रहणको परम्परा जनवरी २० तारिखका लागि तोकेको छ । सोही अनुसार स्थानीय समय १२ बजे नयाँ राष्ट्रपतिले शपथ गर्ने चलन छ । साथै त्यही बेला निवर्तमान राष्ट्रपतिको बिदाइ भएको मानिन्छ । अमेरिकाको राजधानी वासिङ्टन डिसीको खुला र विशाल स्थानमा आयोजना हुने गरेको शपथग्रहण सोमबार अत्यधिक चिसो हुने मौसमी प्रक्षेपणसँगै संसद् भवनभित्र गर्ने निर्णय गरियो तर राष्ट्रपति ट्रम्पलाई हृदयदेखि माया गर्नेहरूलाई चिसो ठिहीले रोकेन । अत्यधिक चिसोका बाबजुद हजारौँ समर्थक शपथग्रहण समारोहस्थलबाहिर जम्मा भएर नयाँ राष्ट्रपति ट्रम्पलाई स्वागत गरे । हलमा भने करिब छ सय जना विशिष्ट व्यक्ति सहभागी भएका थिए । समर्थकहरूलाई खेलकुद रङ्गशालाको विशाल स्थलमा प्रत्यक्ष प्रसारणसहित बिस हजार दर्शकले शपथग्रहण हेर्न सक्ने व्यवस्था गरिएको थियोे । सरकारी निम्तामा आएका मूर्धन्य गायक तथा सङ्गीतकारहरूले तुमुल ध्वनिका साथ अमेरिका दी ब्युटिफुल, ब्लेस दी युएसएसहित उहाँको जयगान गाउँदा माहोल थप उत्सवमय बनेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना