२७ पुस, काठमाडौं ।
हङकङको ध्वजावाहक क्याथे प्यासिफिक [CX640 (CPA640) ] को शुक्रबार काठमाण्डौदेखि हङकङको उडानको क्रममा खाना खाइ सकेपछि विमानका यात्रु बिरामी परेपछि अनुसन्धान सुरू भएको थियो। उनीहरूले खाना खाएको १० देखि ३० मिनेटभित्र बान्ता, वाकवाकी, पेट दुख्ने र ज्वरो आएको रिपोर्ट गरेका थिए। धेरै जसो यात्रीहरुमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् । सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एयरलाइन्सले एयरपोर्ट कन्ट्रोल टावरलाई सूचित गरि, घटनास्थलमा छ वटा एम्बुलेन्स पठाउन पठाएको थियो। उनीहरु मध्ये पाँच जना प्रभावित यात्रुहरू ( चार पुरुष र एक महिलालाई उपचारका लागि उत्तरी लान्टाउ अस्पताल लगिएको थियो।
एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ। उक्त कम्पनीको जहाजमा एकै क्लासका यात्रीहरु बिच खानामा भिन्नता तथा खाना तथा स्न्याकस्हरु भए पनि नदिने जस्ता गुनासाहरु सुनिदै आएका छन ।
शुक्रबार नेपालबाट हङकङ उडेको क्याथेको प्यासिफिक [CX640 (CPA640) ] को विमानमा खाना खाएका यात्रुहरु बिरामी ।
1 Min Read

![शुक्रबार नेपालबाट हङकङ उडेको क्याथेको प्यासिफिक [CX640 (CPA640) ] को विमानमा खाना खाएका यात्रुहरु बिरामी ।](https://deskokhabar.com/wp-content/uploads/2025/01/cathay-pacific.jpg)
