२६ पौष २०८१
काठमाडौँको प्रमुख जिल्ला अधिकारीका रूपमा ऋषिराम तिवारी सरुवा भएपछि रिक्त रहन गएको सुरक्षा समन्वय महाशाखामा रामचन्द्र तिवारीलाई प्रमुखको जिम्मेवारी सहित प्रवक्त्ता समेत तोकिएको छ । गृह मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा महत्त्वपूर्ण मानिन्छ। रामचन्द्र तिवारी स्पष्ट वक्ता र स्वच्छ छवि भएका अधिकारीका रुपमा चिनिनुहुन्छ।उहाँ लामो समयसम्म गृह मन्त्रालय मातहतका कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
गत सोमबार गृह मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको थियो। जसमा ७ जना प्रमुख जिल्ला अधिकारी पनि छन्।


