२६ पुस, काठमाडौं ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका ७ जना प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको छ । रवि लामिछानेसँग ६५ लाख, पूर्व डिआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो । लीला पछाईबाहेक सबैले हिजो नै धरौटी बुझाइ रिहा भएका छन ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार तत्काल प्राप्त प्रमाणले कसुरदार देखिएको अवस्थामा धरौटीमा छाड्ने चलन रहेको बताए। कसुरदार नदेखिएका भए वा निर्दोष देखिएको अवस्थामा साधारण तारेखमा छाड्ने अवस्था रहन्छ। जिल्ला अदालतको आदेशमा सूर्यदर्शन सहकारीको रकम लामिछानेको खातामा गएको पनि उल्लेख छ।
ुधरौटी लिएर छाड्नू भनेको तत्काल प्राप्त आधार र प्रमाणले कसुरदार देखिनु हो। यो कुरा आदेशमा पनि उल्लेख छ,ु उनले सेतोपाटीसँग भने, ुनिर्दोष देखिएको अवस्थामा साधारण तारेखमा रिहा गर्ने आदेश हुन्छ। कानुनअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा प्रतिवादीलाई थुनामा पठाउनुपर्ने उनले बताए। हत्या, बलात्कार, मानव बेचबिखन, लागुऔषध कारोबार जस्ता अपराधमा थुनामा राख्ने चलन हुन्छ। आर्थिक अपराधमा भने बिगो थाम्ने गरी धरौटी मागेर रिहा गर्न आदेश आउने उनले जानकारी दिए।
ुचोरी, ठगी, वैदेशिक रोजगार ठगी, बैंकिङ कसुर जस्ता आर्थिक अपराधका मुद्दामा बिगो थाम्ने गरी धरौटी मागेर रिहा गर्न आदेश हुन्छ। धरौटी तिर्न नसक्दा कारागार चलान गर्नुपर्छ,ु उनले भने, आर्थिक अपराधका मुद्दामा तत्काल प्राप्त आधार र प्रमाणले धरौटी मागेर तारेखमा छाड्ने चलन छ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिए सगै विभिन्न प्रतिक्रिया आइरहेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि नेताहरूले खुशी व्यक्त गरेका छन् । पोखरामा रहेका पार्टीका प्रवक्ता मनिष झाले अदालतको आदेशले ‘यो देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने पुष्टि गरेको’ बताए ।
रवि लामिछाने धरौटीमा रिहा, प्रहरीले लगायो परिवारको जिम्मा ।
2 Mins Read

