२३ पौष २०८१, काठमाडौं ।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ वटा स्वास्थ्य संस्था आधिकारिक रूपमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति पाएका छन् । गत पुस ९ गते ५ वटा स्वास्थ्य संस्थालाई वैदेशिक रोजगार बोर्डले छनौट गरेको थियो । छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पछि उनीहरुले काम गर्न पाउने भएका हुन् ।
१. नेपाल मेडिसिटी अस्पताल, ललितपुर
२.स्टार हस्पिटल, सानेपा, ललितपुर
३.ह्याम्स हस्पिटल, मण्डिखाटार, काठमाण्डौ
४.मनमोहन मेमोरियल मेडिकल कलेज, स्वम्भु, काठमाण्डौ
५.क्रिस्टल डायग्नोस्टिक प्रालि, सिनामंगल, काठमाण्डौ रहेका छन् । यी स्वास्थ्य संस्थालाई पहिलो चरणमा पुस १७ देखि २३ गतेभित्र तोकिएको श्रमिकलाई स्वास्थ्य परीक्षण गर्न अनुमति दिइएको थियो । इजरायलले पहिलो चरणमा एक हजार जना सहायक श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ ।
बैदेशिक रोजगार विभागको विस्तृत जानकारी


