२३ पौष २०८१
आज मंगलबार नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रोपटक सोधपुछ गरेको छ। धनराज ‘गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। यसअघि पनि बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सिआइबीले गर्यो दोस्रोपटक सोधपुछ ।
1 Min Read

